२०८१ जेष्ठ ५ गते शनिवार

प्रिन्सिपल हत्याको विरोधमा मधेशका सबै निजी विद्यालय बन्द



बारामा प्रिन्सिपलको गोली हानी हत्या भएको घटनाको विरोधमा मंगलबार मधेश प्रदेशका सबै निजी विद्यालय बन्द गरिएको छ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) मधेश प्रदेशको निर्णयमा त्यहाँका सबै निजी विद्यालयमा मंगलबार पठनपाठन बन्द गरेको हो।

प्याब्सनले विज्ञप्ति जारी गर्दै दिनदहाडै विद्यालयका प्रिन्सिपलको गोली हानी हत्या हुनु प्रहरी नीरिह रहेको प्रमाणित हुने बताउँदै घटनाको भर्त्सना गरेको छ।

प्याब्सनले हत्यामा संलग्नलाई यथाशिघ्र पक्राउ गरी पीडितलाई न्याय दिलाउन माग गरेको छ।
न्यायमा ढिलासुस्ती भए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्