२०८१ जेष्ठ ५ गते शनिवार

नेपाली काँग्रेस कर्णाली प्रदेशको घुम्ती बैठक सल्यानमा सम्पन्न



सल्यान । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समितिको घुम्ती बैठक सल्यानको खंलगामा सम्पन्न भएको छ । नेपाली कांग्रेस कर्णाली प्रत्येक जिल्लामा घुम्ती बैठक बस्ने पार्टीको योजना अन्तर्गत कर्णालीको सल्यानमा एक दिने घुम्ती बैठक सम्पन्न गरेको हो ।


नेपाली काँग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीको अध्यक्षतामा भएको कार्यक्रमले विभिन्न तहमा रहेका पार्टीका पदाधिकारी तथा सदस्यहरुसहित हुने घुम्ती बैठक वर्तमान राजनैतिक घटनाक्रम र पार्टी प्रतिको वितृष्णा बारे भ्रम र यथार्थ चिर्ने एक अस्त्रको रुपमा उपयोग गरिएको नेपाली कांग्रेस सल्यानका सभापति केश बहादुर बिष्टले बताए ।
आम निर्वाचन पश्चात् नेपाली कांग्रेस कर्णाली प्रदेशले अझ सक्रिय तवरले गाउँ गाउँ पुगेर जनगुनासो बुझ्ने र निष्क्रिय कार्यकर्तालाई पुन क्रियाशील बनाउन कटिबद्ध रहेको बताउँदै मंसीर देखी नेपाली काँग्रेस कर्णालीले जागरण अभियान संचालन गर्ने जनाएको छ ।


आजको बैठकमा नेपाली काँग्रेस कर्णालीले बिभिन्न निर्णय पनि सार्बजनिक गरेको छ,जसमा कृष्ण प्रसाद भटराई स्मृती भवन निर्माण सहयोगको लागी सबै जिम्मेवारी ब्यक्ती लाई खटाउने,सल्यान जिल्ला लगायत कर्णालीका सबै जिल्लामा प्रदेश सरकारले गरेको बिकास निर्माणका कामहरुका बिस्तृत अबलोकन गर्ने,जिल्लामा संगठन बिस्तार र छलफल लाई तिब्रता दिने निर्णय गरेको नेपाली काँग्रेस सल्यानका क्षेत्रिय सभापति सुरेश अधिकारीले जानकारी दिए ।

आज बिहान जिल्ला समितिको आयोजनमा नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समिति तथा कर्णाली प्रदेशका बिभिन्न जिल्लाका सभापतिहरुका बिच कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । भेटघाट कार्यक्रममा घुम्ती बैठकले पार्टी आफ्नो घरदैलोमा आएको महुशुस गरी कार्यकर्तालाई थप प्रेरणा मिलेको जिल्ला सभापति बिष्टले जानकारी दिए ।


आजको कार्यक्रममा नेपाली काँग्रेस कर्णालीका सभापति,महामन्त्री,सहमहामन्त्री,कर्णालीका सबै जिल्लाका जिल्ला सभापति लगायत कर्णाली प्रदेश कार्यसमिति,सल्यानका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्