२०८१ जेष्ठ ५ गते शनिवार

महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा



एन्टोनियो गुटेरेस

काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनी पुगेका हुन् ।

नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनी पुगेका हुन् ।

उनलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा।ल्हारक्याल लामाले स्वागत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली बिहानै लुम्बिनी पुगेका छन्।

पोखरामा रहेका महासचिव गुटेरेस त्यहाँबाट सिधै लुम्बिनी आएर आजै काठमाडौं फर्कनेछन्। उनले आज अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्