२०८१ जेष्ठ ५ गते शनिवार

दयाहाङको ‘दयारानी’ माघ २६ गते बाट प्रदर्शन



काठमाडौं । नेपाली कथानक चलचित्र ‘दयारानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । दयाहाङ राई र दीया पुन मुख्य भूमिकामा रहेको चलचित्र आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

विभिन्न समयमा प्रदर्शन मिति सार्नु पर्ने बाध्यातात्मक परिस्थितिका बाबजुद ‘दयारानी’ माघ २६ गतेलाई प्रदर्शनमा आउन लागेको निर्देशक माओत्से गुरुङले जानकारी दिए । अभिनेता तथा निर्माता गुरुङको यो पहिलो नेपाली फिचर फिल्म निर्देशन हो ।

चलचित्रमा दया र दीयासँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्