२०८१ जेष्ठ ५ गते शनिवार

राष्ट्रपतिबाट कैद मिनाहा, फेरी दिए ज्यान मार्ने धम्की



चितवन । गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका एकजना अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा फेरी पक्राउ परेका छन् ।

पक्राउपर्नेमा चितवनको भरतपुर महानगरपालिका–९ का ५५ वर्षीय रामचन्द्र थापा रहेका छन् । उनलाई चितवन प्रहरीले मंगलबार भरतपुर अस्पतालको नयाँ गेट अगाडिबाट पक्राउ गरेको हो ।

थापामाथि भरतपुर–१ का सोमराज सुवेदी र उनका छोरालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोप छ । भरतपुरमा मेडिकल सञ्चालन गर्दै आएका सुवेदीलाई थापाले फोन गरी २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका थापाविरूद्ध मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

पक्राउ परेको थापालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै चितवन प्रहरीले बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी अपहरणको धम्की दिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्