२०८१ जेष्ठ ५ गते शनिवार

कतार पछि सन् २०३४ को विश्वकप फुटबल साउदीमा 



काठमाडौँ । सन् २०३४ को विश्वकप फुटबलको आयोजना साउदी अरेबियाले गर्ने पक्का जस्तै भएको छ । अर्को दाबेदार मुलुक अष्ट्रेलियाले नाम फिर्ता लिएपछि साउदीले आयोजना गर्ने पक्का जस्तै भएको हो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा मा दाबेदारी प्रस्तुत गर्ने औपचारिक समय सकिनु अगाडि अष्ट्रेलिया पछि हटेसँगै साउदी एकमात्र दाबेदार बचेको हो ।
फुटबल अष्ट्रेलियाले सन् २०२६ को एएफसी वुमेन्स कप र सन् २०२६ को क्लब वर्ल्डकप आयोजनामा आफू केन्द्रित हुन चाहेको भन्दै सन् २०३४ को आयोजनाबाट पछि हटेको हो ।

साउदीले भने सन् २०२२ कै विश्वकप आयोजना गर्नका लागि निकै मेहनत गरेको थियो । उसले कतारमा सम्भव नहुने भन्दै आफूले आयोजना गर्ने दाबी गर्दै आएको थियो ।

तर कतारले भने सन् २०१० देखि नै आयोजनाका लागि मैदान बनाउन थालेको थियो । पहिलो पटक विश्वकप फुटबल नोभेम्बर–डिसेम्बरमा कतारमा भएको थियो । जबकि सामान्यतया विश्वकप जुन–जुलाईमा हुने गर्छ ।

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा गर्दैछन् ।

सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल र स्पेनले संयुक्त रुपमा आयोजना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्