२०८१ जेष्ठ ५ गते शनिवार

मेस्सीले आठौँपटक जिते बालोन डी’ओर



काठमाडौँ । अर्जेन्टिना राष्ट्रिय फुटबल टिमका कप्तान लियोनल मेस्सीले कीर्तिमानी आठौँपटक बालोन डी’ओर जितेका छन् ।

फ्रान्सको राजधानी पेरिसमा सोमबार राति सम्पन्न समारोहका बीच अमेरिकी क्लब इन्टर मियामीका ३६ वर्षीय फरवार्ड मेस्सीले आठौँपटक बालोन डी’ओर प्राप्त गरेको बीबीसीले जनाएको छ ।

नर्वे तथा इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालान्डलाई पछि पार्दै मेस्सीले सो अवार्ड हात पारेका हुन् ।

खासमा गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जित्दा मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले विश्वकपमा सात गोल गरेका थिए ।

अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमार्फत ४(२ गोलले हराउँदै उपाधि जितेको थियो ।

विश्वकपमै फ्रान्सका लागि आठ गोल गरेका कायलियन एमबाप्पे भने मेस्सी भन्दा पछि परे ।

अवार्डका लागि मेस्सी भन्दा एक स्थानमात्र तल रहेका हालान्डले भने म्यानचेस्टर सिटीले गत सिजन ‘ट्रेबल’ अर्थात इंग्लिस प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्