२०८१ जेष्ठ ५ गते शनिवार

भिडियो पसलमा छक्का पञ्जा र झिँगेदाउ



काठमाडौ ।व्यावसायिक रूपमा सफल दुई फिल्म छक्का पञ्जा ४ र झिँगेदाउ नेपाली ओटिटी प्ल्याटफर्म भिडियोपसलमा रिलिज गरिएको छ।

यी फिल्म हालका लागि नेपाल बाहिरबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको छ। हेमराज बिसीले निर्देशन गरेको छक्का पञ्जा ४ मा दीपक र दीपाश्रीसँगै केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारले अभिनय गरेका छन्।

त्यस्तै, ज्ञानेन्द्र देउजाले निर्देशन गरेको पारिवारिक कथावस्तुको भिंगेदाउमा कुशल विष्ट, मुकुन भुसाल केकी अधिकारी र आँचल शर्माको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्